हनुमानढोका दरबार काठमाडौँ, नेपालमा रहेको राजकीय दरबार, चोक, टावर, मन्दिर, स्मारक, तथा अन्य मल्लकालीन तथा शाहकालीन संरचनाहरूको जटिल रूप हो ।

हनुमानढोका दरबारको नाम दरबारको मूल ढोका नजिकै राखिएको "हनुमान" (हिन्दू देवता जसलाई मल्ल तथा शाह शासकहरूले उनीहरूको शत्रुहरूबाट बचाउन आराधना गर्दथे) को मूर्तिबाट आएको हो । सो मूर्तिको स्थापना भने कलाप्रेमी राजा प्रताप मल्लले साल १६७२ मा गरेका थिए ।

यो सहरको पुरानो केन्द्र, हनुमानढोका, शाही महल सुरूदेखि नै भएको थियो । यो केन्द्रमा अवस्थित दरबार पुरानो शासकहरूका लागि लिचावी कालदेखि नै महत्त्वपूर्ण भएको मानिन्छ । हनुमानढोकाको वर्तमान साइट वरपरको क्षेत्रलाई "कोलिग्राम" वा "दक्षिण राजकुला" भनेर भनिन्थ्यो । मध्यकालमा भने शहरको पुरानो नाम "कान्तिपुर" थियो जसको अर्थ प्रकाशले भारिएको सहर अथवा सुन्दर सहर हो ।

रत्न मल्ल (साल १४८२) स्वतन्त्र काठमाडौँका पहिलो राजा थिए, जो यक्ष मल्ल (जसले "भाँदगाँउ" मा शक्तिशाली शासन गरिरहेका थिए) का दोस्रो छोरा थिए । तर, काठमाडौंको स्थापनाको लागि भासा वान्शावलीको श्रेय भने राजा गुणकाम देवलाई जान्छ । हनुमानढोका दरबार क्षेत्रमा विभिन्न स्मारकहरू छन् जसका मन्दिरहरू, जलाशयहरू, बगैँचाहरू, आदिले विभिन्न रूपमा बन्द र खुला ठाउँहरू बनाएका छन् । दरबार परिसरमा प्यागोदा , शिखार, तथा गुम्बज वास्तुशैलीका असङ्ख्य मन्दिरहरू छन् । दरबार दुवै मूर्त र अमूर्त सांस्कृतिक विविधतामा धनी छ, र यसको उत्कृष्ट ऐतिहासिक, पुरातात्विक, र धार्मिक मूल्यका कारण यसलाई सन् १९७९ मा युनेस्को विश्व सम्पदाको रूपमा सूचीबद्ध पनि गरिएको छ । यस दरबारमा रहेका अनौठो उत्सव, धार्मिक रीति, मूर्तिकला, चोकहरू, मन्दिरहरू, आदि देशको जीवित संस्कृति र राष्ट्रिय गौरवका पक्ष हुन् ।

Hanumandhoka Palace