नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय गणतन्त्रात्मक लोकतन्त्रको स्थापना हुनुभन्दा अघि हनुमानढोका दरबार पहिले राजपरिवार तथा उच्च पदका अधिकारीहरूलाई मात्र प्रवेश्य थियो । तर यसलाई सङ्ग्रहालयमा रूपान्तरण गरेपछि भने हनुमानढोका दरबारलाई सर्वसाधारणका लागि पनि खोलिएको छ ।
हनुमानढोका "दरबार संग्रहालय"मा नेपाली राजतन्त्र र परम्पराको स्मरणार्थ गर्ने धेरै सांस्कृतिक तथा ऐतिहासिक कलाकृतिहरू विभिन्न प्रकारका ग्यालरीहरूको माध्यमबाट प्रदर्शनीमा राखिएको थियो, जुन २०१५ अप्रिलको भूकम्पले धेरैभन्दा धेरै संरचनाहरू भत्काएको कारण रोकिएको छ । सङ्ग्रहालयका साथै दरबारका सबै चीजहरूलाई भने बचाएर सुरक्षित रुपमा भण्डारण गरिएको छ ।
हाल विभिन्न अस्थायी प्रदर्शनीहरु चलिरहेका भए पनि भूकम्प पछिको सबै पुनर्स्थापना कार्यहरू पूरा भए पछि भने अझ विस्तृत रूपमा दरबार सङ्ग्रहालयलाई विस्तार गर्ने योजनाहरू बनाइसकेको छ । हालको अस्थायी प्रदर्शनहरू बाहेक, सङ्ग्रहालय विकास समितिले निर्देशित भ्रमणहरू पनि सुरू गरिसकेको छ जसका माध्यमबाट पूर्णरूपमा मर्मत गरिएको, पहिले आम जनता जान नपाउने संरचनाहरू सार्वजनिक भ्रमणका लागि खोलिएका छन् ।
